BIZMANDU
www.bizmandu.com

सीआइबीको टोली निलम्बित एन्फाको कार्यालयमा, खेलकुद मन्त्रालयसँग थियो टसल

२०८३ असोज २

सीआइबीको टोली निलम्बित एन्फाको कार्यालयमा, खेलकुद मन्त्रालयसँग थियो टसल
सीआइबीको टोली निलम्बित एन्फाको कार्यालयमा, खेलकुद मन्त्रालयसँग थियो टसल


काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालयमा प्रहरी टोली पुगेको छ।

Vigo
GBIME
Tata

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)बाट टोली कार्यालयमा केही बुझ्न भन्दै शुक्रबार दिउँसो पुगेको हो।

‘छापा होइन तर केही कुरा बुझ्नुपर्ने भएर हाम्रो टोली भने गएको हो,’ सीइआबी स्रोतले भन्यो। पछिल्लो समय एन्फा फिफाबाट निलम्बित छ भने उसको सरकारसँग सम्बन्ध खराब छ।

दुई दिनअघि मन्त्री सस्मित पोख्रेलले एन्फा अध्यक्ष पंकज विक्रम नेवाङलाई छलफल गर्न भन्दै मन्त्रालयमा बोलाएर तीन घण्टासम्म उनी र उनका सल्लाहकारले राजीनामा दिन चर्को दबाब दिएका थिए। नेम्बाङ भने फिफा र एएफसीलाई देखाउँदै राजीनामा दिन नमिल्ने भनेर निस्किएका थिए।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई। फाइल फोटो

एन्फा महासचिवलगायतले बिहीबार पत्रकार सम्मेलन गर्दै कर्मचारीदेखि खेलाडीसम्मको तलबदेखि सबैकुरा रोकिएको भन्दै सोमबारदेखि एन्फा कार्यालय चलाउने चुनौती दिएका थिए। अहिले एन्फाको खातासमेत रोक्का छ।

नेम्बाङ नेतृत्वको कार्यकाल असार ५ गते नै सकिएको छ। एन्फा नेतृत्वले जिल्ला र प्रदेशको चुनाव नगरी केन्द्रमा मात्रै अर्ली इलेक्सन गर्न खोज्दा राखेप र सरकारसँग टकराव बढेको थियो। पछि राखेपले एन्फालाई निलम्बन गर्‍यो। फुकुवा पनि गर्‍यो। विश्वकपका दौरान एन्फालाई तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफा र एएफसीले प्रतिबन्ध लगाएको थियो। त्यसपछि नेपाली फुटबल ठप्प छ।