काठमाडौं। प्रधामन्त्री बालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरेका छन्।
उनले शुक्रबार जेन्जी उमेर समूहका सांसदलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर अन्तर्क्रिया गरी जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्यो भन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आग्रह गरे।

बालेनले स्थलगत अध्ययन तथा अनुसन्धान गर्न, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्न, समस्या समाधानमुखी व्यवहार अपनाउन र पुराना तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिएको उनको सचिवालयले जनाएको छ।

उनले जेन्जी सांसदलाई राजनीतिलाई पेशा नबनाइ आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्दै दीर्घकालीनरुपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न समेत आग्रह गरे।
