BIZMANDU
www.bizmandu.com

पोखरामा जीडब्ल्यूएमको नयाँ शोरुम खुल्यो, ओरा ५ र जोलियन म्याक्स ईभी पनि सार्वजनिक

२०८३ असोज २

पोखरामा जीडब्ल्यूएमको नयाँ शोरुम खुल्यो, ओरा ५ र जोलियन म्याक्स ईभी पनि सार्वजनिक
पोखरामा जीडब्ल्यूएमको नयाँ शोरुम खुल्यो, ओरा ५ र जोलियन म्याक्स ईभी पनि सार्वजनिक


काठमाडौं । ग्रेट वाल मोटर (जीडब्ल्यूएम) नेपालको पोखरास्थित आधिकारिक डिलर रेज मोटर्स प्रालिले उत्तमचोकमा नयाँ शोरुम संचालनमा ल्याएको छ। शोरुम उद्घाटनसँगै कम्पनीले जीडब्ल्यूएमको ओरा ५ र हाभल जोलियन म्याक्स ईभी पनि पोखरा बजारमा सार्वजनिक गरेको छ।

Vigo
GBIME
Tata

ओरा ५ मा ५८.३ किलोवाट आवरको ब्याट्री र डब्लूएलटीपीअनुसार ४३५ किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीले जनाएको छ। यसमा २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्ससहित विभिन्न सुरक्षा तथा प्रविधियुक्त सुविधा छन्।

त्यस्तै, हाभल जोलियन म्याक्स ईभीमा १५० किलोवाटको विद्युतीय मोटर र ५८.३ किलोवाट आवरको ब्याट्री छ। यसले ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ। गाडीमा पानोरामिक सनरुफ, १४.६ इन्चको इन्फोटेनमेन्ट प्रणाली, एडीएएस र भीटूएल सुविधा छन्।

उत्तमचोकस्थित नयाँ शोरुमबाट ग्राहकले बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस सेवा एकै स्थानबाट पाउनेछन्। शोरुममा जीडब्ल्यूएमका विद्युतीय तथा प्रिमियम गाडीहरू प्रदर्शनीमा राखिने र ईभीका लागि आवश्यक प्राविधिक सेवासमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

रेज मोटर्सका अध्यक्ष अशोक चालिसेले पोखरामा जीडब्ल्यूएम ब्रान्ड भित्र्याउन पाएकोमा खुसी व्यक्त गर्दै बिक्रीसँगै गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने बताए।

त्यस्तै, भीजी इम्पेक्सका महाप्रबन्धक अधिरकुमार श्रेष्ठले पोखरालाई जीडब्ल्यूएमको विस्तारका लागि महत्वपूर्ण बजारका रूपमा लिइएको बताए। उनका अनुसार नयाँ शोरुममार्फत पोखरा र आसपासका जिल्लाका ग्राहकलाई जीडब्ल्यूएमका उत्पादन तथा सेवा सहज रूपमा उपलब्ध हुनेछ।

नयाँ शोरुम संचालनमा आएसँगै ओरा ५ र हाभल जोलियन म्याक्स ईभीको बुकिङ तथा टेस्ट ड्राइभ खुला गरिएको कम्पनीले जनाएको छ।