BIZMANDU
www.bizmandu.com

दुई महिनामा ११ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिपछि प्राथमिकतामा पर्यटन

२०८३ असोज २

दुई महिनामा ११ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिपछि प्राथमिकतामा पर्यटन
दुई महिनामा ११ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिपछि प्राथमिकतामा पर्यटन


काठमाडौं। चालु आर्थिक वर्ष दुई महिनामा ११ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। साउन र भदौमा गरी ३२८ वटा परियोजनाका लागि ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता आएको हो

Vigo
GBIME
Tata

उद्योग विभागका अनुसार भदौमा मात्र १३६ परियोजनाका लागि ६ अर्ब ३५ करोड १५ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। ती परियोजनामा ९८३ जनाले रोजगारी पाउने छन्।

भदौमा वैदेशिक लगानी प्रतिबद्धता आएका परियोजनामध्ये १३४ वटा साना र २ वटा ठूला उद्योग हुन्।

वैदेशिक लगानी गर्न खोजिएका परियोजना सबैभन्दा धेरै सूचना प्रविधि क्षेत्रका छन्। सूचना प्रविधि क्षेत्रमा क्षेत्रमा दुई महिनामा २१२ परियोजनाका लागि ८१ करोड ६९ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

यस्तै पर्यटनमूलक क्षेत्रमा ७० वटा परियोजनाका लागि ३ अर्ब ७४ करोड २४ लाख, सेवामूलक क्षेत्रमा २६ परियोजनाका लागि ३ अर्ब ३० करोड, उत्पादनमूलक क्षेत्रमा १८ परियोजनाका लागि १ अर्ब २३ करोड, ऊर्जामूलक क्षेत्रमा १ परियोजनाका लागि २ अर्ब र कृषि क्षेत्रमा २० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

विभागले दुई महिनामा ३७ करोड ९८ लाख २० हजार रुपैयाँ रोल्यटी फिर्ता लैजान स्वीकृति दिएको छ।