BIZMANDU
www.bizmandu.com

वाणिज्य बैंकमध्ये ८ वटाको लाभांश २.१०% देखि २०% सम्म, कुनको बुक क्लोज कहिले?

२०८३ असोज २

वाणिज्य बैंकमध्ये ८ वटाको लाभांश २.१०% देखि २०% सम्म, कुनको बुक क्लोज कहिले?
वाणिज्य बैंकमध्ये ८ वटाको लाभांश २.१०% देखि २०% सम्म, कुनको बुक क्लोज कहिले?


काठमाडौं। वाणिज्य बैंकमध्ये हालसम्म आठ वटाले लाभांश घोषणा गरेका छन्। वाणिज्य बैंकले न्यूनतम २.१० प्रतिशतदेखि अधिकतम २० प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।

Vigo
GBIME
Tata

सिद्धार्थ बैंकले सबैभन्दा धेरै २० प्रतिशत लाभांश घोषणा गरेको छ। यो बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र करप्रयोजनसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। सिद्धार्थ बैंकले बुक क्लोज मिति तय गरिसकेको छैन।

नबिल बैंकले १५.८ प्रतिशत र एभरेष्ट बैंकले १५ प्रतिशत लाभांश घोषणा गरेका छन्।

सानिमा र ग्लोबल आइएमई बैंकले १०/१० प्रतिशत, लाभांश घोषणा गरेका छन्। सेयरधनीलाई माछापुच्छ्रे बैंकले ६ प्रतिशत, सिटिजन्स बैंकले ४ प्रतिशत र कुमारी बैंकले २.१० प्रतिशत लाभांश दिंदैछन्।

सानिमा र एभरेष्ट बैंकले साधारण सभाको मिति तोकेर बुक क्लोज गरिसकेका छन्।

ग्लोबल आइएमई बैंकले असोज ५ गते र नबिल बैंकले असोज १४ बुक क्लोज मिति तोकेका छन्। बुक क्लोज हुनुअघि कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनेछन्।

कुन बैंकको लाभांश कति?

क्र.सबैंक बोनसनगदकूलबुक क्लोज
सिद्धार्थ१०१०२०बाँकी
कुमारी२.१२.१बाँकी
सिटिजन्स३.८०.२बाँकी
माछापुच्छ्रेबाँकी
नबिल१०.८१५.८असोज १४
ग्लोबल आइएमई१०असोज ५
सानिमा१०१०क्लोज
एभरेष्ट१०१५क्लोज
स्रोत : नेपाल स्टक एक्सचेञ्ज