BIZMANDU
www.bizmandu.com

नेपालले पायो क्यालीको सदस्यता, कोरियाका कानुन मन्त्री र कानुन सचिव ढुंगानाले गरे हस्ताक्षर

२०८३ असोज १

नेपालले पायो क्यालीको सदस्यता, कोरियाका कानुन मन्त्री र कानुन सचिव ढुंगानाले गरे हस्ताक्षर
नेपालले पायो क्यालीको सदस्यता, कोरियाका कानुन मन्त्री र कानुन सचिव ढुंगानाले गरे हस्ताक्षर

काठमाडौं। नेपाल एसियाली विधायिकी संस्थाहरुको परिषद् (क्याली) मा प्रवेश गरेको छ। प्रतिनिधि सभाले सदस्यता प्राप्तिका लागि स्वीकृति दिएसँगै द्धिपक्षीय हस्‍ताक्षर भएको हो।

Vigo
GBIME
Tata

कोरियाका कानुन मन्त्री तथा क्यालीका अध्यक्ष चो वोन चुल र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले सदस्यता सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्। हस्ताक्षरसँगै नेपाल सदस्य राष्ट्र बनेको छ।

एसियाली विधायिकी संस्थाबीच कानुन तर्जुमा, विधायिकी नीति, कानुनी सूचना तथा कानुन सुधारका अनुभव र अभ्यास आदानप्रदान गर्ने उदेश्यले गठित क्याली अन्तरसरकारी संयन्त्र हो।

सदस्य बनेपछि नेपालले कानुन तर्जुमा तथा सुधारका विधायिकी अभ्यास आदानप्रदान, क्षमता अभिवृद्धि, अनुसन्धान तथा विशेषज्ञ सहकार्य लगायतको अवसर प्राप्त गर्नेछ।