BIZMANDU
www.bizmandu.com

वाणिज्य विभागले ७ वटा व्यावसायिक फर्मलाई तिरायो ३ लाख ५५ हजार जरिवाना

२०८३ असोज १

वाणिज्य विभागले ७ वटा व्यावसायिक फर्मलाई तिरायो ३ लाख ५५ हजार जरिवाना
वाणिज्य विभागले ७ वटा व्यावसायिक फर्मलाई तिरायो ३ लाख ५५ हजार जरिवाना

काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७ वटा फर्मलाई जरिवाना गरेको छ।

Vigo
GBIME
Tata

विभागले बजार अनुगमनका क्रममा कैफियत देखिएपछि ७ वटा फर्मलाई ३ लाख ५५ हजार रुपैयाँ जरिवाना गरेको हो। विभागले बिहीबार उपत्यकाका ३७ वटा फर्ममा अनुगमन गरेको थियो।

विभागले ललितपुरको कुमारीपाटीस्थित स्याकार ट्रेडिङ कम्पनीलाई ३ लाख, टिकाथलीस्थित सफ्ट ट्रेडिङलाई २० हजार, काठमाडौंको खिचापोखरीस्थित एनटीएम क्रियसनलाई १० हजार तथा खिचापोखरीकै अन्सु कलेक्सन, मैजुबहालको प्रशिष खाद्य भण्डार र चाबहिलको जय श्री पशुपति ट्रेडर्सलाई ५ हजार रुपैयाँका दरले जरिवाना गरेको छ।