BIZMANDU
www.bizmandu.com

विश्वासपात्रले साथ छोडेपछि देउवासँग अब सानो झुण्ड, गगनले दिए अधिवेशन उद्‍घाटनको निम्तो

२०८३ असोज १

विश्वासपात्रले साथ छोडेपछि देउवासँग अब सानो झुण्ड, गगनले दिए अधिवेशन उद्‍घाटनको निम्तो
विश्वासपात्रले साथ छोडेपछि देउवासँग अब सानो झुण्ड, गगनले दिए अधिवेशन उद्‍घाटनको निम्तो


काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्ना विश्वासपात्रका रुपमा पटक पटक अवसर दिएका नेताहरुले उनको साथ छोडेका छन्।

Vigo
GBIME
Tata

ज्ञानेन्द्रबहादुर कार्की, श्याम घिमिरे, मीन विश्वकर्मा, महालक्ष्मी उपाध्याय, जीवनबहादुर शाही, ईश्वरी न्यौपाने, जीपछिरिङ लामा लगायत नेताहरु देउवाको साथ छोडेर ८ महिनापछि सानेपामा फर्किएका हुन्।

देउवाको साथ छोडेर निवर्तमान केन्द्रीय सदस्यहरु पार्टी कार्यालयमा फर्किंदा कांग्रेस मुख्यालयमा बिहीबार भिडभाड देखिएको छ। नेताहरुले अंकमाल गरेर खुसी साटासाट गरेका छन्।

सभापति गगन थापाले भदौ २८ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेर १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेका थिए। त्यसपछि देउवाका धेरै विश्वासपात्रले उनको साथ छोडेका हुन्।

देउवासँग अब प्रकाशमान सिंह, कृष्ण सिटौला, विमलेन्द्र निधी, शशांक कोइराला, विजयकुमार गच्छदार, डा. प्रकाशशरण महत लगायत सीमित नेता मात्र बाँकी छन्।

कांग्रेसको १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ। वडा अधिवेशन भने ३ गते सुरु हुँदैछ। उता देउवा पक्षले मंसिर अन्तिममा महाधिवेशन राखेको छ। देउवाले असोजको महाधिवेशनमा भाग नलिन भन्दै वक्तव्य नै निकालेका थिए।

सभापति गगनले पूर्वसभापति देउवालाई वडा अधिवेशन उद्‍घाटनमा सहभागी हुन सार्वजनिकरुपमै आग्रह गरेका छन्। उनले आफ्ना तर्फबाट गर्नुपर्ने काम गरिसकेको र थप लचकता अपनाउन पनि तयार रहेको भन्दै देउवा र उनीसँग रहेका अन्य नेतालाई वडा अधिवेशन उद्‍घाटनमा सहभागी हुन आग्रह गरेका हुन्।