BIZMANDU
www.bizmandu.com

सेयर बजारमा पुँजीगत लाभकर आधा घटाएको प्रभाव सामान्य, नेप्से ११.९३ अंकले उकालो

२०८३ असोज १

सेयर बजारमा पुँजीगत लाभकर आधा घटाएको प्रभाव  सामान्य, नेप्से ११.९३ अंकले उकालो
सेयर बजारमा पुँजीगत लाभकर आधा घटाएको प्रभाव सामान्य, नेप्से ११.९३ अंकले उकालो


काठमाडौं। सेयर बिक्री गर्दा नाफामा लाग्ने पुँजीगत लाभकर ५० प्रतिशत घटाउने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रस्ताव मन्त्रिपरिषद्‍ले पारित गरेको प्रभाव बजारमा सामान्य देखिएको छ।

Vigo
GBIME
Tata

सेयर बजार परिसूचक बिहीबार ११.९३ अंकले बढेको छ। नेप्से २६२४.३६ अंकमा पुगेको दिन ५ अर्ब ५९ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

अर्थमन्त्री वाग्लेले सेयर बजार सुधारका लागि पुँजीगत लाभकर घटाउनेसहित २१ बुँदे कार्ययोजना ल्याएको भोलिपल्ट मंगलबार नेप्से ४८.५७ अंकले बढेकामा बुधबार २१.१९ अंकले ओरालो लागेको थियो। मन्त्री वाग्लेको प्रस्तावमा बुधबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले पुँजीगत लाभकर घटाएको थियो।

बिहीबार १७७ कम्पनीका लगानीकर्ताले कमाएका छन्। सबैभन्दा धेरै कमाउनेमा धौलागिरी लघुवित्तका लगानीकर्ता छन्। ८५ कम्पनीका लगानीकर्ताको सम्पत्ति घटेको छ। सबैभन्दा धेरै गुमाउनेमा हाथवे नेपालका लगानीकर्ता छन्।

२० प्रतिशत लाभांश घोषणा गरेकी सिद्धार्थ बैंकको सेयर सबैभन्दा बढी मूल्यको कारोबार भएको छ। यो बैंकको ३३ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको हो।