BIZMANDU
www.bizmandu.com

पुरानो अटो हबमा नयाँ ब्रान्ड, जेटोर र चेरी क्यूक्यू गाडीका लागि थापाथलीमा शोरुम बन्दै

२०८३ असोज १

पुरानो अटो हबमा नयाँ ब्रान्ड, जेटोर र चेरी क्यूक्यू गाडीका लागि थापाथलीमा शोरुम बन्दै
पुरानो अटो हबमा नयाँ ब्रान्ड, जेटोर र चेरी क्यूक्यू गाडीका लागि थापाथलीमा शोरुम बन्दै


काठमाडौं। अटोमोबाइल हब थापाथलीमा चिनियाँ ब्रान्ड जेटोर र चेरी क्यूक्यूका नयाँ शोरुम निर्माणलाई तीव्रता दिइएको छ।

Vigo
GBIME
Tata

पुराना ब्रान्डका शोरुम रहेको स्थानमा नै ग्लोबल स्ट्यान्डर्डअनुसार जेटोर र चेरी क्यूक्यू गाडीको शोरुम सञ्चालनमा ल्याउन लागिएको हो।

यसअघि हुन्डाईको विद्युतीय गाडीको शोरुम रहेको स्थानमा जेटोरको शोरुम बनाउने काम भइरहेको छ। अहिले आवश्यक संरचना बनाउने र इन्टेरियरको काम भइरहेको हो। 

जेटोर गाडी नेपालमा हुन्डाई बिक्रेता लक्ष्मी समूहले नै भित्र्याएको हो।

त्यस्तै, लिपमोटरको शोरुम रहेको स्थानमा चेरी क्यूक्यूको शोरुम निर्माण भइरहेको छ। शारडा समूहले चेरी क्यूक्यूका लागि ब्रान्डको थिमअनुसार इन्टेरियरदेखि आउटडोरसम्मको संरचना तयार पार्ने काम गरिरहेको छ।

थापाथलीमा लामो समयदेखि विभिन्न प्रमुख अटोमोबाइल ब्रान्डका शोरुम केन्द्रित छन्। एउटै क्षेत्रमा धेरै ब्रान्डका गाडी हेर्न सकिने भएकाले थापाथलीलाई काठमाडौंको प्रमुख अटो हब मानिन्छ।

नयाँ शोरुम सञ्चालनमा आएपछि थापाथलीमा चिनियाँ ब्रान्डका गाडीको उपस्थिति थप बढ्नेछ।