BIZMANDU
www.bizmandu.com

सिद्धार्थ बैंकले सेयरधनीलाई २० प्रतिशत प्रतिफल दिने, बोनस सेयर र नगद लाभांश बराबर

२०८३ असोज १

सिद्धार्थ बैंकले सेयरधनीलाई २० प्रतिशत प्रतिफल दिने, बोनस सेयर र नगद लाभांश बराबर
सिद्धार्थ बैंकले सेयरधनीलाई २० प्रतिशत प्रतिफल दिने, बोनस सेयर र नगद लाभांश बराबर

काठमाडौं। सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र पुँजी समायोजन कोषबाट पुँजीको २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

Vigo
GBIME
Tata

बैंकको चुक्ता पुँजी हाल १४ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ छ। बैंकले सेयरधनीलाई १ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनसहित १ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ नगद लाभांश बाँड्ने भएको हो। अग्राधिकार सेयरधनीले भने कर प्रयोजनसहित ८.२५ प्रतिशत लाभांश पाउनेछन्।

नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।