काठमाडौं। जापानले नेपाललाई विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
नेपालका लागि जापानी राजदूत माइदा तोरुले बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गरी विपद्को कठिन समयमा सहयोग गर्न तयार रहेको बताएका हुन्।
प्रधानमन्त्री बालेनले विपद्को समयमा सरकार तथा बाढी प्रभावित नागरिकप्रति देखाएको सद्भाव, सहयोग र ऐक्यबद्धताप्रति जापान सरकारलाई आभार व्यक्त गरे।
बालेन र राजदूतबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।