काठमाडौं। मुक्तिनाथ विकास बैंकले कर्मा रेसिडेन्सीले काठमाडौंको महाराजगञ्जमा बनाएको घर तथा अपार्टमेन्ट किन्न ऋण दिने भएको छ।
बैंकले घर र अपार्टमेन्टका युनिट किन्न चाहने ग्राहकलाई बेसरेटमा ०.२५ प्रतिशत प्रिमियममा आवास कर्जा सुविधा दिने भएको हो।
यस सम्बन्धमा बैंक र कर्मा रेसिडेन्सिजबीच सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन्।
कर्जा ग्राहकको योग्यता, क्रेडिट मूल्याङ्कन, सम्पत्तिको मूल्याङ्कन, कानुनी तथा प्राविधिक परीक्षण र आफ्नो नीतिअनुसार उपलब्ध गराउने बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। सम्झौता अनुसार कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहनेछ।