काठमाडौं। नेपाली महिला भलिबल टोली टोली जापानसँग पराजित भएको छ। एसियन गेम्स अन्तर्गत बुधबार भएको खेलमा जापानले नेपाललाई सोझो सेटमा हराएको हो।
पहिलो सेटमा २५-८ को हार ब्यहोरेको नेपालले दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-११ ले गुमायो। जापान विश्व भलिबलको वरीयतामा नवौं नम्बरमा छ। एसियामा भने जापान नै सबैभन्दा माथिल्लो वरीयताको टोली हो। अर्कातर्फ नेपाल वरीयतामा ६९औँ स्थानको टोली हो।
नेपालले दोस्रो खेल अब इन्डोनेसियासँग खेल्नेछ। यो खेल बिहीबार हुनेछ। एसियन गेम्सको औपचारिक उद्घाटन बाँकी छँदै केही खेल सुरु भइसकेका हुन्। एसियन गेम्स जापानकै आइची नागोयामा सुरु भएको छ।