काठमाडौं। कामना सेवा विकास बैंकले २०औं वार्षिक साधारण सभाबाट १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ।
बैंकको बुधबार सम्पन्न साधारण सभाले सेयरधनीलाई कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको हो।
बैंकका अग्राधिकार सेयरधनीले भने अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश पाउनेछन्।
बैंक संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित गत आव २०८२।८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सर्वसम्मत रुपमा पारित गरेको छ।
साधारण सभाले एनबीएसएम एण्ड एसोसिएट्सलाई लेखापरीक्षक नियुक्त गरेको छ।