BIZMANDU
www.bizmandu.com

भोटेकोशी बाढी प्रभावितलाई विद्युत सेवामा सहुलियत, अध्ययनपछि महसुलमा छुट

२०८३ भदौ ३१

भोटेकोशी बाढी प्रभावितलाई विद्युत सेवामा सहुलियत, अध्ययनपछि महसुलमा छुट
भोटेकोशी बाढी प्रभावितलाई विद्युत सेवामा सहुलियत, अध्ययनपछि महसुलमा छुट


काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित परिवार र व्यवसायीलाई नेपाल विद्युत प्राधिकरणले सहुलियत दिने भएको छ।

Vigo
GBIME
Tata

बाढीका कारण घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकलाई प्राधिकरणले विद्युत् महसुल तथा मिटरसम्बन्धी सेवामा सहुलियत उपलब्ध गराउने निर्णय गरेको छ।

प्राधिकरणको सञ्चालक समिति बैठकले बाढीबाट क्षति पुगेका ग्राहकका हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत् बिलिङ नगर्ने तथा विद्युत् मिटरको लगत कट्टा गर्ने निर्णय गरेको हो।

मिटरको लगत कट्टा गरिएका ग्राहकले पुनः विद्युत् सेवा लिन नयाँ मिटर माग गरेमा निःशुल्क उपलब्ध गराउने निर्णय भएको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ। विराजभक्त प्राधिकरण सञ्चालक समितिका अध्यक्ष हुन्।

सञ्चालक समितिले बाढी प्रभावित क्षेत्रका ग्राहकलाई विद्युत् महसुलमा थप सहुलियत वा छुट उपलब्ध गराउने विषयमा अध्ययन गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको छ।