BIZMANDU
www.bizmandu.com

‘डिजिटल पार्लियामेन्ट’मार्फत विधेयक ट्रयाक गरिने, सांसदका प्रश्न मन्त्रालयको इमेलमा पठाइने

२०८३ भदौ ३१

‘डिजिटल पार्लियामेन्ट’मार्फत विधेयक ट्रयाक गरिने, सांसदका प्रश्न मन्त्रालयको इमेलमा पठाइने
‘डिजिटल पार्लियामेन्ट’मार्फत विधेयक ट्रयाक गरिने, सांसदका प्रश्न मन्त्रालयको इमेलमा पठाइने


काठमाडौं। सांसदहरूले संसद्‍मा उठाएका प्रश्नहरूलाई संसद् सचिवालयले सम्बन्धित मन्त्रालयको इमेलमा पठाउने भएको छ।

Vigo
GBIME
Tata

डिजिटल संसद्‍को उद्घाटन गर्दै सचिवालयले अब सांसदहरूले उठाएका प्रश्नको जवाफ दिए/नदिएकोबारे पनि सर्वसाधरणले हेर्न पाउने छन्। सचिवालयमा दर्ता भएका विधेयकहरूको पनि ट्रयाकिङ गरिने भएको छ।

संसदीय सूचना, सेवा, अभिलेख तथा गतिविधिहरूलाई व्यवस्थित बनाउन डिजिटल संसद्‍को अवधारणा सुरु गरिएको सचिवाललयले जनाएको छ। हाल प्रयोगमा रहेका वेबसाइट तथा संसदीय कामकारबाहीसँग सम्बन्धित विभिन्न प्रणालीहरूलाई एकीकृत गर्दै थप प्रभावकारी, सुरक्षित र प्रविधिमैत्री बनाइने भएको हो।

संसद्का प्रशासनिक, व्यवस्थापकीय र विधायिका कार्यलाई डिजिटल प्रणालीमा आबद्ध गरी पारदर्शिता, जवाफदेहिता र कार्यक्षमतामा सुधार ल्याइने सचिवालयको भनाइ छ। सांसदहरूको बायोमेट्रिक पहिचानसहितको विस्तृत विवरण, प्रोफाइल र राजनीतिक दलको अभिलेख राखिने छ।

दुवै सदन र समितिका बैठकहरूमा स्वचालित विद्युतीय हाजिरी प्रणाली लागू गरी उपस्थिति/अनुपस्थिति, बिदा र ढिला उपस्थितिको विवरण डिजिटल रूपमा अभिलेखीकरण गरिने सचिवालयले जनाएको छ।

सरकारी तथा गैरसरकारी विधेयक दर्ता गरी विशिष्ट पहिचान नम्बर प्रदान गरिने भएको छ। जसबाट विधेयकको प्रगति अनुगमन गर्न सकिने भएको हो।

सांसदहरूका लागि मोबाइल एप मार्फत बैठकको सूचना, कार्यसूची, उपस्थिति र बिदा निवेदनको सुविधा उपलब्ध गराइने भएको छ। नयाँ प्लेटफर्म मार्फत विद्युतीय मतदान र खुला संसद्को अभ्यासको तयारी गरिएको पनि सचिवालयले जनाएको छ।