BIZMANDU
www.bizmandu.com

सानेपामा विश्वकर्मा बाबाका मूर्ति बनाउन कलाकारहरू व्यस्त (तस्बिरहरू)

२०८३ भदौ ३१

सानेपामा विश्वकर्मा बाबाका मूर्ति बनाउन कलाकारहरू व्यस्त (तस्बिरहरू)
सानेपामा विश्वकर्मा बाबाका मूर्ति बनाउन कलाकारहरू व्यस्त (तस्बिरहरू)


ललितपुर। सानेपामा विश्वकर्मा बाबाका मूर्ति बनाउन यतिबेला कलाकारहरू व्यस्त छन्। भोलिको विश्वकर्मा पूजाका लागि मूर्ति बनाउने र रंगरोगन गर्ने काम तीव्र भएको छ।

Vigo
GBIME
Tata

सानेपाका विभिन्न स्थानमा कलाकारहरूले विश्वकर्मा बाबाका मूर्ति तयार गरिरहेका छन्। साना, मझौला र ठूला आकारका मूर्ति बनाइँदै छन्।

आकारअनुसार एउटा मूर्तिको मूल्य १ हजार ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म पर्ने गरेको छ।

विश्वकर्मा पूजाका दिन विशेषगरी औजार, सवारीसाधन तथा विभिन्न उपकरणको पूजा गर्ने परम्परा छ। उद्योग, कारखाना, वर्कसप र ग्यारेजमा विश्वकर्माको विशेष पूजा गरिन्छ।

वैदिक तथा हिन्दू परम्परामा विश्वकर्मालाई देवताहरूका शिल्प विशेषज्ञका रूपमा मानिन्छ। उनी देवताका भवन निर्माण गर्ने, हतियार बनाउने तथा विभिन्न यान र संरचनाका रचयिता मानिन्छन्।