BIZMANDU
www.bizmandu.com

नबिल बैंकले सेयरधनीलाई दसैंअघि २ अर्ब ९२ करोड बाँड्ने, साधारण सभा असोज २२ गते

२०८३ भदौ ३१

नबिल बैंकले सेयरधनीलाई दसैंअघि २ अर्ब ९२ करोड बाँड्ने, साधारण सभा असोज २२ गते
नबिल बैंकले सेयरधनीलाई दसैंअघि २ अर्ब ९२ करोड बाँड्ने, साधारण सभा असोज २२ गते

काठमाडौं। नबिल बैंकले लाभांश प्रस्ताव पारित गर्न ४२औं वार्षिक साधारण सभा बोलाएको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले असोज २२ गते साधारण सभा बोलाउने निर्णय गरेको हो।

Vigo
GBIME
Tata

साधारण सभा प्रयोजनका लागि बैंकले असोज १४ गते बुक क्लोज मिति तोकेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई यसअघि नै चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

साधारण सभाबाट पारित भएपछि सेयरधनीले कर प्रयोजनसहित २ अर्ब ९२ करोड २१ लाख ५५ हजार रुपैयाँ नगद लाभांश पाउनेछन्।

साधारण सभाले लाभांश पारित गर्नुका साथै संस्थापक सेयरधनीका तर्फबाट ३ जना संचालक निर्वाचित गर्नेछ।