BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न १ महिनाका लागि ६० अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव

२०८३ भदौ ३१

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न १ महिनाका लागि ६० अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव
राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न १ महिनाका लागि ६० अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ६० अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले यो रकम बोलकबोलमार्फत १ महिनाका लागि उठाउन लागेको हो।

Vigo
GBIME
Tata

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव माग गरिएको छ। बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।

राष्ट्र बैंकले साँवा तथा ब्याज असोज ३० गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको करिब ७ खर्ब बढी रुपैयाँ परिपक्व हुन बाँकी छ।