BIZMANDU
www.bizmandu.com

चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता, विभागले भन्यो- इभीलाई प्राथमिकता दिनू

२०८३ भदौ ३१

चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता, विभागले भन्यो- इभीलाई प्राथमिकता दिनू
चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता, विभागले भन्यो- इभीलाई प्राथमिकता दिनू

काठमाडौं। सरकारले चार महिनादेखि रोकिएको सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको छ।

Vigo
GBIME
Tata

यातायात व्यवस्था विभागले सबै प्रदेशका यातायात कार्यालय र स्थानीय तहलाई पत्र पठाउँदै सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको बताएको छ।

विभागले गत जेठ ७ गते नेपालमा पैठारी हुने सार्वजनिक सवारीसाधनको दर्ता अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेकामा साउन १८ गते सार्वजनिक मालबाहक सवारीसाधनको हकमा खुला गरिएको थियो।

‘काठमाडौं उपत्यकाभित्रको रुट तथा सवारी व्यवस्थापनका लागि हाललाई असोज १ देखि लागू हुने गरी काठमाडौं उपत्यका बाहिर मात्र दर्ता हुने गरी विद्युतीय सार्वजनिक यात्रुबाहक सवारी साधनलाई प्राथमिकता दिइ सवारी दर्ता खुला गरिएको छ,’ विभागले पठाएको पत्रमा भनिएको छ।

विभागले काठमाडौं उपत्यकाभित्र भने स्कुल बस तथा सट्टाभर्नाको हकमा मात्र सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको जनाएको छ।