BIZMANDU
www.bizmandu.com

मुद्दतीको ब्याजदर तीन बैंकले घटाउँदा अधिकांशको स्थिर, निक्षेप निरुत्साहनमा सतर्कता

२०८३ भदौ ३१

मुद्दतीको ब्याजदर तीन बैंकले घटाउँदा अधिकांशको स्थिर, निक्षेप निरुत्साहनमा सतर्कता
मुद्दतीको ब्याजदर तीन बैंकले घटाउँदा अधिकांशको स्थिर, निक्षेप निरुत्साहनमा सतर्कता


काठमाडौं। वाणिज्य बैंकहरूले असाेज महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकले स्थिर राखेका छन्। तीन बैंकले मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट)को ब्याजदर घटाएका छन्।

Vigo
GBIME
Tata

बैंकहरूले सार्वजनिक गरेको असाेजको ब्याजदर अनुसार अधिकांश बैंकहरूले भदौ महिनाकै दरलाई निरन्तरता दिएका छन्।

लामो समयदेखि घटाउदै आएको निक्षेपको ब्याजदर करिडोरको तल्लो विन्दु नजिक झरेका कारण बैंकहरुले मुद्दतीको अधिकतम ब्याजदर स्थिर राख्न थालेका छन्। बचत र छोटो अवधिको मुद्दतीको ब्याजदर करिडोरको तल्लो सीमा नजिक छ। लामो अवधिको मुद्दतीमा समेत न्यून ब्याज दिँदा निक्षेप नै निरुत्साहन हुने देखिएपछि बैंकले ब्याजदर स्थिर राख्दै आएका छन्।

असोज महिनाका लागि तीन वटा वाणिज्य बैंकहरुले भने मुद्दतीको अधिकतम ब्याजदर थोरै घटाएका छन्। नबिल बैंक, कुमारी बैंक र स्टान्डर्ड चार्टर्ट बैंकले मुद्दतीको अधिकतम ब्याजदर केही घटाएका छन्।

कुमारी बैंकले मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.०२ प्रतिशत स्टान्डर्ड चार्टर्ड बैंकले ०.०५ र नबिल बैंकले ०.३० प्रतिशतले घटाएकाे छ। बैंकहरूको निर्णयले निक्षेपकर्ताले प्राप्त गर्ने प्रतिफलमा केही प्रभाव पार्ने भए पनि कर्जाको लागतमा भने तत्काल ठूलो परिवर्तन नदेखिने विश्लेषण गरिएको छ।

कुनको मुद्दतीको अधिकतम ब्याजदर कति ?

वाणिज्य बैंकहरुसाउन मुद्दतीको अधिकतम ब्याजदरभदौ मुद्दतीको अधिकतम ब्याजदरअसाेज मुद्दतीको अधिकतम ब्याजदर
सिद्धार्थ४.०५३.७६३.७६
एभरेष्ट४.०५४.०५४.०५
कुमारी३.८५३.७६३.७६
स्ट्यान्डर्ड चार्टर्ड३.८५३.८३.७५
सिटिजन्स बैंक इन्टरनेशनल३.९५३.८५३.८५
प्राइम कमर्सियल
कृषि विकास४.१५४.१५४.१५
नेपाल एसबीआई४.२५४.१०४.१०
हिमालयन
नेपाल बैंक४.२५४.१५४.१५
ग्लोबल आइएमई
माछापुच्छ्रे४.५४.५४.५
लक्ष्मी सनराइज
सानिमा४.५४.५४.५
नेपाल इन्भेष्टमेन्ट मेगा४.५४.५४.५
प्रभु४.५५४.५५४.५५
नबिल४.५५४.५५४.२५
एनआईसी एसिया
राष्ट्रिय वाणिज्य
एनएमबि४.५४.५४.५
स्राेत: बैंकहरुले सार्वजनिक गरेकाे विवरण