BIZMANDU
www.bizmandu.com

कृष्णभीरबाट पास भए ११ वटा ग्यास बुलेट, उपत्यकाको अभाव चाँडै हट्ने अपेक्षा

२०८३ भदौ ३०

कृष्णभीरबाट पास भए ११ वटा ग्यास बुलेट, उपत्यकाको अभाव चाँडै हट्ने अपेक्षा
कृष्णभीरबाट पास भए ११ वटा ग्यास बुलेट, उपत्यकाको अभाव चाँडै हट्ने अपेक्षा

काठमाडौं। कृष्णभीरमा निर्माण भएको नयाँ ट्रयाकबाट मंगलबारदेखि ग्यास बुलेट उपत्यका ल्याउन सुरु भएको छ। मंगलबार राति ११ वटा ग्यास बुलेट कृष्णभीरबाट उपत्यका पास भएका छन्।

Vigo
GBIME
Tata

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले ग्यास बुलेट पास भएको बताए। भदौ १४ गतेको पहिरोका कारण कृष्णभीरको बाटो अवरुद्ध छ। नयाँ ट्रयाक खोलिएसँगै आइतबार परीक्षण भएको थियो।

सडक विभागले उक्त ट्रयाकमा सबै प्रकारका सवारीसाधन असोज १ गतेबाट सञ्चालनको तयारी गरेको छ।