BIZMANDU
www.bizmandu.com

रविले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठन मुख्य एजेण्डा

२०८३ भदौ ३०

रविले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठन मुख्य एजेण्डा
सर्वदलीय बैठक। तस्वीर : रासस


काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्।

Vigo
GBIME
Tata

उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने सहमति कार्यान्वयनलाई लिएर विपक्षी दलहरुले संसद्‍ बैठकमै प्रश्न उठाएपछि रविले सर्वदलीय बैठक बोलाएका हुन्।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठनका सम्बन्धमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएको हो। बैठक बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालयमा राखिएको छ।

रविले यसअघि भदौ ११ गते राखेको सर्वदलीय बैठकमै संयन्त्र बनाउने सहमति भएको थियो।