BIZMANDU
www.bizmandu.com

घरजग्गा मेलाका लागि भृकुटीमण्डपमा धमाधम स्टल तयार गरिंदै, उद्घाटन सभामुखले गर्ने

२०८३ भदौ ३०

घरजग्गा मेलाका लागि भृकुटीमण्डपमा धमाधम स्टल तयार गरिंदै, उद्घाटन सभामुखले गर्ने
घरजग्गा मेलाका लागि भृकुटीमण्डपमा धमाधम स्टल तयार गरिंदै, उद्घाटन सभामुखले गर्ने


काठमाडौं। असोज १ गते काठमाडौंको भृकुटीमण्डपमा हुने घरजग्गा मेलाका लागि मंगलबारबाट स्टल निर्माण सुरु गरिएको छ। प्रदर्शनीका संयोजक रोशन भोयद्योका अनुसार बुधबारसम्म सबै स्टल तयार हुनेछन्।

Vigo
GBIME
Tata

मेलामा अपार्टमेन्ट, जग्गा विकास आयोजना, आधुनिक निर्माण सामग्री, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्वेस्टिङ तथा फोहोर व्यवस्थापनका आधुनिक प्रविधिसहितका १०० स्टल रहनेछन्।

नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघले संयुक्तरुपमा ‘सिजी प्रोपर्टिज नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी’को बिहीबार बिहान १०:३० बजे सभामुख डोलप्रसाद अर्यालले उद्‍घाटन गर्नेछन्।

प्रदर्शनीमा भूकम्प-प्रतिरोधी घर निर्माण तथा वास्तुकला सम्बन्धी विज्ञले अवलोकनकर्तालाई निःशुल्क परामर्श उपलब्ध गराउनेछन्। मेलामा जलवायु परिवर्तन, विपद्-प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान र सार्वजनिक-निजी साझेदारीका विषयमा प्यानल छलफल हुनेछ।

प्रदर्शनी ६५ हजारभन्दा बढी मानिसले अवलोकन गर्ने आयोजकको अनुमान छ।