BIZMANDU
www.bizmandu.com

कांग्रेसमा वडा सदस्यदेखि सभापतिका लागि उम्मेदवारी शुल्क तय, कुन पदका लागि कति?

२०८३ भदौ ३०

कांग्रेसमा वडा सदस्यदेखि सभापतिका लागि उम्मेदवारी शुल्क तय, कुन पदका लागि कति?
कांग्रेसमा वडा सदस्यदेखि सभापतिका लागि उम्मेदवारी शुल्क तय, कुन पदका लागि कति?

काठमाडौं। नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि वडा सदस्यदेखि सभापतिसम्म विभिन्न ३९ पदका लागि उम्मेदवारी शुल्क तय गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी शुल्क तय गरेको हो।

Vigo
GBIME
Tata

निर्वाचन निर्देशिका अनुसार वडा सदस्यका लागि उम्मेदवारी शुल्क ५०० रुपैयाँ तोकिएको छ। वडा सभापतिमा प्रतिस्पर्धा गर्न चाहनेले भने १ हजार रुपैयाँ बुझाउनुपर्नेछ।

निर्वाचन निर्देशिका कांग्रेसको केन्द्रीय समितिले स्वीकृत गरिसकेको छ। जस अनुसार पार्टी सभापतिका लागि उम्मेदवारी शुल्क ४० हजार रुपैयाँ तोकिएको छ।

यस्तै उपसभापति र महामन्त्री पदमा प्रतिस्पर्धा गर्न चाहनेले ३० हजार, सहमहामन्त्रीका आकांक्षीले २० हजार र केन्द्रीय सदस्यमा भिड्नेले ११ हजार रुपैयाँ बुझाउनुपर्नेछ।