BIZMANDU
www.bizmandu.com

साफ च्याम्पियनसिपको पहिलो खेलमा भारत र पाकिस्तान भिड्ने, नेपाललाई अझै पर्खिने

२०८३ भदौ ३०

साफ च्याम्पियनसिपको पहिलो खेलमा भारत र पाकिस्तान भिड्ने, नेपाललाई अझै पर्खिने
साफ च्याम्पियनसिपको पहिलो खेलमा भारत र पाकिस्तान भिड्ने, नेपाललाई अझै पर्खिने


काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने भएका छन्। साफले जारी गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा पाकिस्तान र भारत नोभेम्बर ५ मा भिड्नेछन्। त्यही दिन बंगलादेश र भुटान दोस्रो खेलमा भिड्नेछन्।

Vigo
GBIME
Tata

हाललाई साफले नेपाललाई बाहिर राख्दै तालिका सार्वजनिक गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा रहेकाले नेपालको साफ सहभागिता अन्योलमा छ। पछिल्लो तीन महिनायता नेपालको फुटबल नै ठप्प छ।

फिफाले तत्कालै निलम्बन हटाएको सन्दर्भमा नेपालले पनि यो प्रतियोगितामा सहभागिता जनाउने सम्भावना रहन्छ। साफले पनि आफ्नो सूचनामा नेपालको सहभागिता भएको खण्डमा खेलतालिकामा हेरफेर हुने जनाएको छ।

नेपालमा फुटबलको प्रतिबन्ध खुलाउन सरकार उदासिन देखिएको छ। यसबीच सेप्टेम्बर ५ बाट सुरु हुने भनेर घोषणा गरिएको नेपाल सुपर लिग (एनएसएल) बिना सूचना स्थगित भयो। आज एन्फाले राखेपमा गएर धर्ना दिने तथा ज्ञापन पत्र बुझाउने तयारी गरेको थियो। सरकारले बातचितको लागि प्रस्ताव गरेपछि एन्फाले धर्नाको कार्यक्रम फिर्ता लिएको जनाएको छ।

प्रतियोगिताको फाइनल खेलमा १७ नोभेम्बरमा हुनेछ।