BIZMANDU
www.bizmandu.com

क्यानडाका कलीम चितवन राइनोजमा, सहप्रायोजकमा हिमालयन एभरेस्ट इन्स्योरेन्स

२०८३ भदौ ३०

क्यानडाका कलीम चितवन राइनोजमा, सहप्रायोजकमा हिमालयन एभरेस्ट इन्स्योरेन्स
क्यानडाका कलीम चितवन राइनोजमा, सहप्रायोजकमा हिमालयन एभरेस्ट इन्स्योरेन्स


काठमाडौं । क्यानडाका कलीम सनाले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्। राइनोजले उनलाई अनुबन्ध गरेको घोषणा गरेको हो।

Vigo
GBIME
Tata

क्यानडाका यी फास्ट बलरले ओडीआई र टी-२० दुबै फर्म्याटमा सानदार प्रदर्शन गर्दै आएका छन्। उनले टी-२० आईमा ४५ खेलबाट ६५ विकेट लिएका छन्। यसअघि चितवनले रवि बोपारा र सिकन्दर रजालाई अनुबन्ध गरेको थियो।

एनपीएल दशैँ सकिएलगत्तै सुरु हुनेछ। यसका लागि फ्रेन्चाइजहरुले धमाधम विदेशी खेलाडी घोषणा गरिरहेका छन्।

त्यस्तै, चितवन राइनोजले नेपाल प्रिमियर लिग सिजन ३ का लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडलाई आफ्नो को- स्पोन्सरका रूपमा निरन्तरता दिएको घोषणा गरेको छ।

यस अवसरमा चितवन राइनोजका अध्यक्ष आयुष न्यौपाने र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी सिईओ अञ्जु श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे।