BIZMANDU
www.bizmandu.com

चितवनमा लन्च भयो चाङ्गान नेभो क्यू०५, ‘ए क्लास अबभ’ कम्फर्टको टेस्ट ड्राइभ गर्ने अवसर

२०८३ भदौ ३०

चितवनमा लन्च भयो चाङ्गान नेभो क्यू०५, ‘ए क्लास अबभ’ कम्फर्टको टेस्ट ड्राइभ गर्ने अवसर
चितवनमा लन्च भयो चाङ्गान नेभो क्यू०५, ‘ए क्लास अबभ’ कम्फर्टको टेस्ट ड्राइभ गर्ने अवसर


काठमाडौं । चितवन जिल्लाका लागि एमएडब्लु वृद्धी अटोकर्प प्रा.लि अन्तर्गतको अधिकृत चाङ्गान डिलर राजहंस अटोमोबाइल प्रा.लि ले नयाँ नेभो क्यू०५ लाई चितवनमा सार्वजनिक गरेको छ।

Vigo
GBIME
Tata

भदौ २९ देखि ३१ गतेसम्म चितवनको रीजालचोकस्थित दीपल शोरुममा टेस्ट ड्राइभमार्फत नेभो क्यू०५ को प्रत्यक्ष अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।

लन्च कार्यक्रममा प्रमुख अतिथिका रूपमा एनएनसीसीआई चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी तथा विशेष अतिथिका रूपमा सीएडीएका अध्यक्ष इन्द्र रेग्मीको उपस्थिति रहेको थियो।

कार्यक्रममा राजहंस अटोमोबाइल–चाङ्गान चितवनका अध्यक्ष दिलीप थानेत, एमएडब्लु वृद्धिका निर्देशक पार्थ सिकरिया, उपाध्यक्ष सन्दीप चटर्जी तथा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर चन्दको समेत उपस्थिति थियो।

नेभो क्यू०५ को अल्ट्रा भेरियान्ट ५१.९९ लाखको विशेष मूल्यमा बजारमा ल्याइएको जनाइएको छ।

नेभो क्यू०५ कम्प्याक्ट इलेक्ट्रिक एसयुभी रहेको र यसले कम्फर्ट, डिजाइन र प्रविधिमा ‘ए क्लास एभव’ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ।

आधुनिक परिवारको आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको यो गाडीले कम्प्याक्ट बाहिरी आकारसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसको सेग्मेन्टकै अग्रणी २,७३५ एमएम ह्वीलबेस र ८६.६ प्रतिशत केबिन स्पेस उपयोगिता ले यात्रुहरूका लागि पर्याप्त स्थान उपलब्ध गराउने भनिएको छ।

यो गाडीको पछाडिको सिटब्याकमा २८ र ३३ डिग्रीका दुईवटा रिक्लाइनिङ पोजिसन उपलब्ध छन् भने सिटहरूमा एर्गोनोमिक नौ तहको निर्माण प्रयोग गरिएको छ। यसमा ५४० लिटरको डुअल–लेभल बुट सहित ९० लिटरको लुकेको स्टोरेज, २९ वटा व्यावहारिक स्टोरेज स्पेस तथा ६७ भन्दा बढी साउन्ड इन्सुलेसन तथा न्वाइज रिडक्सन पोइन्टहरू रहेका छन्। चयनित भेरियन्टमा १.८ वर्गमिटरको प्यानोरामिक ग्लास रूफ तथा पावर्ड सनसाइड पनि उपलब्ध छ।

क्यू०५ को डिजाइन विकास क्लाउस जाइसियोरा, चाङ्गान ग्लोबल डिजाइनका भाइस प्रेसिडेन्ट तथा पूर्व भोल्गसवागनका हेड अफ डिजाइनको नेतृत्वमा गरिएको हो। यसको विकासमा ३१ देशका ९१५ भन्दा बढी डिजाइन प्रोफेसनलहरू सहभागी भएको जनाइएको छ।

फुग्वाङ डिजाइन फिलोसोपीबाट प्रेरित क्यू०५ ले सन्तुलित अनुपात, आत्मविश्वासी रोड प्रेजेन्स तथा ०.२६५ सीडीको ड्रयाग कोएफिसियन्टसहित एरोडायनामिक प्रोफाइल प्रस्तुत गर्ने भनिएको छ। २०२६ गोल्डेन ए डिजाइन अवार्ड विजेता क्यू०५ मा डिजिटल विङ २.० फुल–वाइड्थ लाइटिङ सिग्नेचर, स्टार रिङ म्याट्रिक्स एलइडी टेललाइट्स तथा प्रिमियम सेमी हिडन डोर ह्याण्डलहरु रहेका छन्।

यो गाडीमा सीएटीएल ब्याट्री सेलहरूलाई चाङ्गानको गोल्डेन सिल्ड ब्याट्री २.० प्रविधिसँग एकीकृत गरिएको छ। यसको ३सी फास्ट–चार्जिङ सिस्टम ले उपयुक्त अवस्थामा ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म करिब १५ मिनेटमा चार्ज गर्न सक्ने जनाइएको छ।

१२० किलोवाटको विद्युतीय मोटर ले क्यू०५ लाई ० देखि १०० किलोमिटर प्रति घण्टासम्म ८.१ सेकेन्डमा गति लिन सक्षम बनाउँछ। क्यू०५ ले ड परीक्षणअन्तर्गत ४०५ किलोमिटर रेन्ज प्रदान गर्दछ भने ऊर्जा खपत १२.९ kWh प्रति १०० किलोमिटर रहेको छ।