BIZMANDU
www.bizmandu.com

गरुड क्यासिनोबाट ११ जना नेपाली पक्राउ, ५० हजारदेखि सयसम्मका क्यासिनो क्वाइन बरामद

२०८३ भदौ ३०

गरुड क्यासिनोबाट ११ जना नेपाली पक्राउ, ५० हजारदेखि सयसम्मका क्यासिनो क्वाइन बरामद
गरुड क्यासिनोबाट ११ जना नेपाली पक्राउ, ५० हजारदेखि सयसम्मका क्यासिनो क्वाइन बरामद


काठमाडौं। बुढानिलकण्ठमा रहेको गरुड क्यासिनोभित्र नेपाली नागरिक प्रवेश गराएको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

Vigo
GBIME
Tata

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको संयुक्त प्रहरी टोलीले क्यासिनोमा गएर चेक गर्दा नेपाली नागरिक प्रवेश गराई क्वाइनमा नगद सटही गरी जुवा खेलाएको भेटिएको हो।

पक्राउ पर्नेहरुमा रामेछाप गोकुलगंगा-६ का  बिकी लामा, सोलुखुम्बु महाकुलुङ-३ का नुवाङ शेर्पा,  सोलुखुम्बुका पासाङ शेर्पा, सिन्धुलीका ज्योति मगर, दोलखा वैतेश्वरका नारायण खत्री, काठमाडौं गोकर्णेश्वर नगरपालिकाका दिल लामा, काभ्रे रोशी-१ का अशोक लामा छन्।

यस्तै नुवाकोट दुप्चेश्वर-३ का संजय तामाङ, रामेछाप उमाकुण्डका आशिष खड्का, ललितपुर महानगरपालिका-६ बस्ने वर्ष ४९ को सविनमान श्रेष्ठ र  धनकुटा छथर जोरपाटी-३० का सुदीप अधिकारी पक्राउ परेका छन्।

प्रहरीले तास खेलिरहेको अवस्थामा मोबाइल थान ९, नगद सटही गर्न प्रयोग हुने क्वाईन ५० हजार लेखिएको क्वाइन थान ८, १० हजार लेखिएको क्वाइन थान १९, एक हजार लेखिएको क्वाइन ८८ थान,  १०० रुपैयाँ  लेखिएको क्वाइन ५ थान र नगद १० लाख ८५ हजार ६ सय रुपैयाँ बरामद गरेको छ।

उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट दुई दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।