काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सले लाभांश घोषणा गरेको छ। सोमबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले चुक्त्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत हुने ५७ करोड रुपैयाँ सेयरधनीलाई बाँड्ने भएको छ।
कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउनेछन्।