काठमाडौं। आइपीओ निष्कासनमा प्रणालीमा व्यापक हेरफेर गरिने भएकाे छ। नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले आइपीओ निष्कासन गर्न याेग्यतासम्बन्धी मापदण्ड ल्याउन लागेकाे हाे।
सरकारले साेमबार पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत आइपीकाे मूल्य बजार प्रणालीमा बनाउने भनेकाे छ।
कम्पनीहरूकाे सेयर मूल्य अब अंकित मूल्य १०० रूपैयाँबाट बजार मूल्य प्रणालीबाट तय गरिने भएकाे छ। यसकाे लागि सेबाेनले प्राइस डिस्कभरी प्रणाली बनाउने छ।
`धितोपत्रको प्राथमिक वजारमा प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) गर्न सामान्य योग्यतासम्बन्धी निर्देशिका नेपाल धितोपत्र बोर्ड (बोर्ड) ले तत्काल जारी गर्ने,´ सरकारले ल्याएकाे कार्ययोजनामा छ, `बजारमुखी मूल्य प्रणालीमा आधारित सार्वजनिक निष्कासनका लागि क्षेत्रगत समूहरू क्रमशः जलविद्युत, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, कृषि, औषधि उद्योगका लागि विशिष्ट योग्यता, मूल्य अन्वेषण (प्राइस डिस्कभरी) प्रणाली, धितोपत्र बाँडफाँड प्रणालीलगायतका नीतिगत एवम् कानुनी सुधार बाेर्डले तर्जुमा गरी २०८३ पुस मसान्तभित्र लागू गर्ने।´