काठमाडौं। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ गरेका छन्।
भोटेकोशी नदीको बाढीले प्रभावितहरुलाई पुनर्स्थापना गर्ने सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले राखेको छलफलमा सहभागी भएर निस्किने क्रममा पालिका अध्यक्ष तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सिंहदरबारबाट पक्राउ गरेको हो।
प्रहरीले तामाङलाई सोमबार नै जिल्ला अदालत काठमाडौंमा बुझाएको छ। ‘मुद्दा नै दायर भइसकेकाले हामीले नियन्त्रणमा लिएर अदालतमा बुझाएका हौं,’ परिसरका एसपी दानबहादुर थापाले भने।
तामाङविरुद्ध दरबारमार्ग वृत्तमा बैंकिङ कसुर सम्बन्धी उजुरी परेको थियो। अदालतले तामाङलाई पक्राउ गर्न गत वैशाख २८ गते नै अनुमति दिएको थियो।