BIZMANDU
www.bizmandu.com

घरजग्गा मेलामा बाढी प्रभावितलाई लक्षित गरी १० लाखको घर, यस्तो हुनेछ फिचर

२०८३ भदौ २९

घरजग्गा मेलामा बाढी प्रभावितलाई लक्षित गरी १० लाखको घर, यस्तो हुनेछ फिचर
घरजग्गा मेलामा बाढी प्रभावितलाई लक्षित गरी १० लाखको घर, यस्तो हुनेछ फिचर


काठमाडौं। असोज १ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने घरजग्गा मेलामा व्यवसायीहरुले बाढीग्रस्त क्षेत्रका बासिन्दालाई लक्षित गरी सस्तो मूल्यका घर प्रदर्शनीमा राख्ने भएका छन्।

Vigo
GBIME
Tata

घरजग्गा व्यवसायीले मेलामा बाढी प्रभावितलाई लक्षित गरी १० लाखको घर राख्न लागेका हुन्। मेला संयोजक रोशन भोयद्योले प्रिफ्याबको एक तले घर १० लाखमा उपलब्ध गराउने बताए।

‘प्रिफ्याबको एक तले घर १० लाखको हुनेछ। यस्ता घर साढे दुई तल्लासम्मको पनि हुनेछ। यसको मूल्य २५ लाखसम्म पर्छ,’ उनले भने।

एकतले घरमा दुई वटा बेडरुम, किचेन र डाइनिङ तथा बाथरुम हुनेछ। छानो गर्मी नहुने खालको हुने व्यवसायीहरुको भनाइ छ।

मेटल स्ट्रक्चरमा बन्ने यो घरमा प्रिफ्याब, फल्स सिलिङ, जस्तापाता हुनेछ। यो घर स्मार्ट प्रिफ्याब नेपालले प्रदर्शनीमा राख्न लागेको हो।

‘बनाउन छिटो र सजिलो हुनुका जग्गाको एरियाअनुसार बनाउन मिल्छ,’ कम्पनीका सीइओ विमलराज गोसाइँले भने। कम्पनीको कारखाना भरतपुर महानगरपालिका-८ मा छ।