काठमाडौं। सेयर बजार लगातार दोस्रो दिन बढेको छ। नेप्से परिसूचक सोमबार २५.५५ अंक उकालो लागेर २५८५.०४ विन्दुमा पुगेको छ।
कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका उपसमूहले बजार बढाएका हुन्। फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै १.६७ प्रतिशतले कमाएका छन्।
बजारमा २२६ कम्पनीको सेयर मूल्य बढेको छ। इन्फिनिटी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ६.४३ प्रतिशतले बढेको छ।
सूचकसँगै सेयर कारोबार रकम बढेको छ। शुक्रबार बजार ४ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकामा सोमबार ४ अर्ब ६८ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ।
नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको सबैभन्दा धेरै २४ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, लिबर्टी इनर्जीको २३ करोड ८४ लाख र सानिमा मिडल तमोर हाइड्रोपावरको २० करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
बजारमा ४७ कम्पनीको सेयर मूल्य घटेको छ भने दुई कम्पनीको स्थिर छ। उपकार लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ८.२३ प्रतिशतले घटेको छ।