BIZMANDU
www.bizmandu.com

बाढी प्रभावितको पुनर्स्थापनामा ६ महिनाभित्र ८ अर्ब ७३ करोड खर्च हुने, कुन क्षेत्रमा कति?

२०८३ भदौ २९

बाढी प्रभावितको पुनर्स्थापनामा ६ महिनाभित्र ८ अर्ब ७३ करोड खर्च हुने, कुन क्षेत्रमा कति?
बाढी प्रभावितको पुनर्स्थापनामा ६ महिनाभित्र ८ अर्ब ७३ करोड खर्च हुने, कुन क्षेत्रमा कति?


काठमाडौं। भोटेकोशी-त्रिशूली बाढी प्रभावितको पुनर्स्थापनाका लागि तत्काल ८ अर्ब ७३ करोड ५० लाख रुपैयाँ खर्च आवश्यक पर्ने भएको छ।

Vigo
GBIME
Tata

विपद् व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बाढीको द्रुत अध्ययन प्रतिवेदनले पूर्वाधार, उत्पादन, सामाजिकलगायत क्षेत्रमा ६ महिनाभित्र पौने ९ अर्ब रुपैयाँ खर्च आवश्यक भएको उल्लेख गरेको हो।

यसमध्ये सबैभन्दा धेरै खर्च पूर्वाधार क्षेत्रमा हुने प्राधिकरणले जनाएको छ। पूर्वाधार क्षेत्रमा मात्रै ६ महिनाभित्र ६ अर्ब ७४ करोड रुपैयाँ खर्च गरे कनेक्टिभिटी सहज हुनेछ।

यसमध्ये सडक संरचनामा ३ अर्ब १९ करोड, पुलमा १ अर्ब ५५ करोड र ऊर्जा क्षेत्रमा १ अर्ब ५ करोड रुपैयाँ तत्काल खर्च गरेर पुनर्उत्थान गर्नुपर्नेछ। त्यस्तै सञ्चार क्षेत्रमा ३४ करोड खर्च आवश्यक छ।

त्यस्तै सामाजिक क्षेत्रमा ८२ करोड ८० लाख रुपैयाँ खर्च गर्न आवश्यक रहेको रिपोर्टमा उल्लेख छ। यसमध्ये शिक्षामा १० करोड ५० लाख, स्वास्थ्यमा १२ करोड ५० लाख आवश्यक छ।

उत्पादनशील क्षेत्रका लागि ६ महिनाभित्र ५० करोड ४० लाख आवश्यक रहेको छ। कृषि क्षेत्रमा ३५ करोड चौपायामा १५ करोड र मत्स्यपालन क्षेत्रमा ४० लाख आवश्यक रहेको बताइएको छ।

जोखिम न्यूनीकरणलगायत अन्य क्षेत्रमा ६६ करोड खर्च गर्न सके ६ महिनामा एक चरणको पुनरुत्थान पूरा हुने प्राधिकरणले जनाएको छ।

दीर्घकालीन पुनर्स्थापना तथा पुनर्निर्माणका लागि भने ७ खर्ब रुपैयाँ आवश्यक पर्ने प्राधिकरणको रिपोर्टमा उल्लेख छ।