BIZMANDU
www.bizmandu.com

लाभांश प्रस्ताव गर्ने क्रम धमाधम बढ्दै, १८ कम्पनी र २३ म्युचुअल फण्डको प्रतिफल घोषणा

२०८३ भदौ २९

लाभांश प्रस्ताव गर्ने क्रम धमाधम बढ्दै, १८ कम्पनी र २३ म्युचुअल फण्डको प्रतिफल घोषणा
लाभांश प्रस्ताव गर्ने क्रम धमाधम बढ्दै, १८ कम्पनी र २३ म्युचुअल फण्डको प्रतिफल घोषणा


काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश घोषणा गर्ने कम्पनी दिनहुँ थपिन थालेका छन्।

Vigo
GBIME
Tata

गत वर्षको मुनाफाबाट वाणिज्य बैंक, विकास बैंक, हाइड्रोपावर, फाइनान्स लगायत १८ कम्पनीले लाभांश घोषणा गरेका छन्।

वाणिज्य बैंकतर्फ एभरेष्ट, माछापुच्छ्रे, सानिमा, नबिल र ग्लोबल आइएमई बैंकले प्रतिफल घोषणा गरिसकेका छन्।

अहिलेसम्म उत्पादन तथा प्रशोधन क्षेत्रको कम्पनी नेपाल ल्युब आयलले सबैभन्दा धेरै २१.०५ प्रतिशत प्रतिफल घोषणा गरेको छ।

आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश घोषणा गरेका कम्पनी

कम्पनीलाभांश प्रतिशत
कामना सेवा विकास बैंक१५
सांग्रिला डेभलपमेन्ट१०.५२
माण्डू हाइड्रोपावर१२
सुपर मादी हाइड्रोपावर१५.७८
एभरेष्ट बैंक१५
माछापुच्छ्रे बैंक८.२५
सानिमा बैंक१०
सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज१०
नेपाल ल्युब आयल२१.०५
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक१६
यनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर
कालिञ्चोक दर्शन८.९४
गरिमा विकास बैंक२०
नबिल बैंक१५.८
ग्लोबल आइएमई बैंक१०
आइसीएफसी फाइनान्स१०.५२
निफ्रा५.२६
अरुण भ्याली हाइड्रोपावर

सेयर बजारमा सूचीकृत कम्पनीसँगै म्युचुअल फण्डहरुले पनि धमाधम लाभांश घोषणा गरिरहेका छन्। खुला र बन्दमुखी गरेर हालसम्म २३ वटा म्युचुअल फण्ड‍‍ले लाभांश घोषणा गरेका छन्। हिमालयन ८०-२० ले सबैभन्दा धेरै १५ प्रतिशत लाभांश वितरण गर्न लागेको छ।

आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश घोषणा गरेका म्युचुअल फण्ड

म्युचुअल फण्डलाभांश प्रतिशत
सनराइज फोकस्ड इक्विटी फण्ड४.५
प्रभु सेलेक्ट फण्ड१२
प्रभु स्मार्ट फण्ड१२
सानिमा ग्रोथ फण्ड
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३१०
एनएमबि फिप्टि३.१५
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२१०
एनएमबि हाइब्रिड फण्ड एल-२४.५
रिलायबल समृद्धि योजना८.४२
कुमारी इक्विटी फण्ड१०
कुमारी धनवृद्धि योजना१०
कुमारी सबल योजना२.९
एमबीएल इक्विटी फण्ड
एनएमबि सरल बचत फण्ड इ५.२५
कुमारी सुनौलो लगानी योजना१०.५
सिद्धार्थ व्यवस्थित लगानी योजना
सिटिजन्स सपर ३० म्यचअल फण्ड५.२५
ग्लोबल आइएमई ब्यालेन्सड फण्ड-११२
नबिल ब्यालेन्सड फण्ड-२३.५
नबिल ब्यालेन्सड फण्ड-३२.५
हिमालयन ८०-२०१५
मुक्तिनाथ म्युचुअल फण्ड-१२.२