BIZMANDU
www.bizmandu.com

सिटिजन लाइफ इन्स्योरेन्सले सेयर स्वामित्व परिवर्तन गर्दै, संस्थापकको हिस्सा ६०% मा झारिने

२०८३ भदौ २९

सिटिजन लाइफ इन्स्योरेन्सले सेयर स्वामित्व परिवर्तन गर्दै, संस्थापकको हिस्सा ६०% मा झारिने
सिटिजन लाइफ इन्स्योरेन्सले सेयर स्वामित्व परिवर्तन गर्दै, संस्थापकको हिस्सा ६०% मा झारिने

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले सेयर स्वामित्वको हिस्सा परिवर्तन गर्ने निर्णय गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीको सञ्चालक समितिले संस्थापक सेयरधनीको हिस्सा ६० र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशत बनाउने निर्णय गरेको छ। कम्पनीमा हाल संस्थापक सेयरधनीको हिस्सा ७० र सर्वसाधारण सेयरधनीको हिस्सा ३० प्रतिशत छ।

सञ्चालक समितिको निर्णय कार्यान्वयनका लागि नियामक नेपाल बीमा प्राधिकरणले स्वीकृति दिनुका साथै कम्पनीको साधारण सभाले पारित गर्नुपर्छ।

प्राधिकरणले स्वीकृति दिएपछि सेयर स्वामित्व परिवर्तन गर्ने प्रस्ताव सञ्चालक समितिले आगामी साधारण सभामा पेस गर्नेछ। कम्पनीको चुक्ता पुँजी हाल ५ अर्ब रुपैयाँ छ।