BIZMANDU
www.bizmandu.com

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सेयर संरचना परिवर्तन गर्दै, सर्वसाधारणको हिस्सा ४९%

२०८३ भदौ २९

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सेयर संरचना परिवर्तन गर्दै, सर्वसाधारणको हिस्सा ४९%
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सेयर संरचना परिवर्तन गर्दै, सर्वसाधारणको हिस्सा ४९%

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनीको हिस्सा घटाउन लागेको छ।

Vigo
GBIME
Tata

कम्पनीले सर्वसाधारण सेयरधनीको हिस्सा बढाएर संस्थापक सेयरधनीको हिस्सा ५१ प्रतिशतमा झार्न लागेको हो।

कम्पनीमा हाल संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ३० प्रतिशत छ।

कम्पनीको सञ्चालक समितिले सर्वसाधारणको सेयर हिस्सा ४९ प्रतिशत पुर्‍याउने निर्णय गर्दै नेपाल बीमा प्राधिकरणको स्वीकृति लिइ आगामी वार्षिक साधारण सभामा प्रस्ताव लाने भएको छ।

कम्पनीको चुक्ता पुँजी हाल ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ छ।