काठमाडौं। नेपाली कांग्रेसले विशेष महाधिवेशन बहिस्कार गरेका १४औं महाधिवेशनका केन्द्रीय समितिका सबै सदस्यहरूलाई केन्द्रीय समितिमा समेट्ने भएको छ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सोही हैसियत दिने निर्णय गरेको हो।
‘१४औं महाधिवेशनमा निर्वाचित हुनुभएका विशेष महाधिवेशन हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्यसमितिका समितिका साथीहरूलाई केन्द्रीय कार्यसमितिको सदस्यको हैसियतमा सहभागिताका विधान बमोजिम आवश्यक प्रबन्ध गरिने निर्णय गरेको छ,’ बैठकपछि प्रवक्ता देवराज चालिसेले भने।
पूर्व सभापति शेरबहादुर देउवा पक्षले १४औं महाधिवेशनबाट निर्वाचित १११ जनालाई केन्द्रीय समितिमा अटाउन माग गरेका थिए।