BIZMANDU
www.bizmandu.com

टीभीएस नेपालले ल्यायो ‘गोल्डेन की’ दशैं योजना, निश्चित पुरस्कारसँगै सहज फाइनान्स

२०८३ भदौ २८

टीभीएस नेपालले ल्यायो ‘गोल्डेन की’ दशैं योजना, निश्चित पुरस्कारसँगै सहज फाइनान्स
टीभीएस नेपालले ल्यायो ‘गोल्डेन की’ दशैं योजना, निश्चित पुरस्कारसँगै सहज फाइनान्स


काठमाडौं। नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले विशेष चाडपर्व लक्षित उपभोक्ता योजना ‘टीभीएस गोल्डेन की’ सार्वजनिक गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीका अनुसार दसैंलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले ल्याइएको ‘टीभीएस गोल्डेन की’ योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने हरेक ग्राहकले तीनमध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्ने छन्।

टीभीएस दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकहरूले १० लाख रुपैयाँसम्म नगद छुट वा गोल्ड की वा खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याक मध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्नेछन्। हरेक खरिदमा निश्चित पुरस्कार प्राप्त हुने भएकाले ‘टीभीएस गोल्डेन की’ योजनाले यस चाडपर्वमा नयाँ टीभीएस सवारीसाधन खरिद गर्ने अनुभवलाई अझ आकर्षक र लाभदायी बनाउने लक्ष्य लिएको छ।

त्यसका साथै, विशेष दैनिक लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकहरूले ५ वर्षसम्मको निःशुल्क सर्भिस जित्ने अवसर समेत प्राप्त गर्नेछन्। यसमार्फत ग्राहकहरूले सवारीसाधन खरिदपछि पनि दीर्घकालीन सेवाको थप लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

‘यस चाडपर्वमा नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिदलाई अझ सहज र पहुँचयोग्य बनाउन ग्राहकहरूले सहज फाइनान्स सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘यो सुविधा सम्बन्धित नियम तथा सर्तहरू लागू हुनेगरी उपलब्ध हुनेछ।’

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले दसैं उत्सव, नयाँ सुरुवात र पारिवारिक खुसीको पर्व भएकाले टीभीएसमा आफूहरूले सधैं आफ्ना ग्राहकहरूको चाडपर्वलाई अझ विशेष बनाउन अतिरिक्त मूल्य र आकर्षक अवसरहरू प्रदान गर्न प्रतिबद्ध रहेको बताए।

‘यस योजनाले नयाँ टीभीएस दुईपांग्रे सवारीसाधन खरिद गर्ने अनुभवलाई यस चाडपर्वमा अझ रोमाञ्चक र फलदायी बनाउनेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।

त्यस्तै, कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहकहरू सधैं आफूहरूको सम्पूर्ण कार्यको केन्द्रमा रहँदै आएको बताए। ‘टीभीएस गोल्डेन की’ योजना ग्राहकलाई थप मूल्य, उपयोगी लाभ र चाडपर्व मनाउने थप कारण प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतिबिम्ब भएको उनको भनाइ छ।

उनले भने, ‘सहज फाइनान्स सुविधासँगै यस योजनाले नेपालभरका ग्राहकहरूका लागि टीभीएस सवारीसाधनको स्वामित्वलाई अझ सहज, आकर्षक र लाभदायी बनाउनेछ भन्ने हाम्रो विश्वास छ।’