BIZMANDU
www.bizmandu.com

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीले नक्कली सुन देखाउँदै एक करोड ३९ लाख ठगे

२०८३ भदौ २८

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीले नक्कली सुन देखाउँदै एक करोड ३९ लाख ठगे
जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीले नक्कली सुन देखाउँदै एक करोड ३९ लाख ठगे

काठमाडौं। जेनजी आन्दोलनका बेला गत वर्ष भदौ २४ गते कारागारबाट भागेका एक जनाले ठगी गरेको खुलेको छ।

Vigo
GBIME
Tata

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले टोखा नगरपालिका-९ मिलन टोलस्थित एक गेष्ट हाउसबाट ओखलढुंगा सिद्बिचरण नगरपालिका-१ घर भएका २८ वर्षीय अनिष थापा मगरलाई पक्राउ गरेको हो। उनको साथबाट सुन जस्तो देखिने ८५६ ग्राम धातु समेत बरामद गरेको छ।

त्यही नक्कली सुन देखाएर उनले पटक-पटक गरेर १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको उजुरीपछि प्रहरीले अनुसन्धान थालेको छ।

थापा मगर जबर्जस्ती करणी कसुर मुद्दाको कैदी रहेको र २०८२ भाद्र २४ गते नख्खु कारागारबाट भागेको भन्ने समेत खुल्न आएको छ।

जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।