काठमाडौं। नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेजले ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीको छैटौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २२.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
साधारण सभाले २० प्रतिशत बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णय पनि गरेको छ।
अस्पतालले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ८३ करोड आम्दानी गरेको छ। यो रकम फार्मेसीतर्फको बाहेक हो। ४७ करोड ८५ लाख रुपैयाँ खुद नाफा भएको कम्पनीले जनाएको छ।

वार्षिक प्रतिवेदन अनुसार नर्भिकले गत आर्थिक वर्ष २०८२/८३ मा ओपीडीतर्फ १ लाख ७९ हजार, आइपीडीतर्फ ९ हजार र आकस्मिकतर्फ ६ हजार बिरामीको उपचार गरेको छ।
यस्तै ४१ हजार सेवाग्राहीलाई अस्ट्रेलिया, बेलायत, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनियाका लागि इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा दिएको अस्पतालले जनाएको छ।