BIZMANDU
www.bizmandu.com

नेपाल भलिबल लिगको फाइनलमा लफडा, कर्णालीका खेलाडी रेफ्रीसँग रिसाएर निस्किए कोर्ट बाहिर

२०८३ भदौ २७

नेपाल भलिबल लिगको फाइनलमा लफडा, कर्णालीका खेलाडी रेफ्रीसँग रिसाएर निस्किए कोर्ट बाहिर
नेपाल भलिबल लिगको फाइनलमा लफडा, कर्णालीका खेलाडी रेफ्रीसँग रिसाएर निस्किए कोर्ट बाहिर

काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल)को फाइनलमा लफडा परेको छ। फाइनलमा दोस्रो सेट चलिरहँदा रेफ्रीको निर्णयमा असन्तुष्ट कर्णालीका खेलाडीले खेल्न मानेका छैनन्।

Vigo
GBIME
Tata

पहिलो सेटमा अन्नपूर्ण स्पाइकर्सले नतिजा आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा भने अन्नपूर्णले ५-२ ले लिड गरिरहँदा रेफ्रीको निर्णयमा असन्तुष्टी जनाउँदै कर्णालीका कोर्टले मैदान छाडेका छन्।

खेलाडीहरू पुनः कोर्टमा पस्न मानेका छैनन्। खासगरी रेफ्रीसँग भनाभनमा उत्रिएका कप्तान पहल गहतराज असन्तुष्ट छन्।

खेलाडीसँग समर्थक पनि रिसाउँदा जोखिम निम्तिएको छ। पहिलो सेट अन्नपुर्णले २५-१५ ले जितेको थियो। अनुभवी प्रशिक्षक भरत साह लगायत भलिबल संघका व्यक्तिहरूले खेलाडीलाई सम्झाउने प्रयास गरिरहेका छन्।

कभर्ड हल आज भरिएको छ। खेल सुरु हुनुभन्दा केही घण्टाअघि नै आयोजकले टिकट सोल्डआउट भएको जनाएको थियो।