BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री राहत कोषमा सहयोगको क्रम जारी, हालसम्म १३ अर्ब ५४ करोड ९ लाख रुपैयाँ

२०८३ भदौ २७

प्रधानमन्त्री राहत कोषमा सहयोगको क्रम जारी, हालसम्म १३ अर्ब ५४ करोड ९ लाख रुपैयाँ
प्रधानमन्त्री राहत कोषमा सहयोगको क्रम जारी, हालसम्म १३ अर्ब ५४ करोड ९ लाख रुपैयाँ


काठमाडौं। विनाशकारी बाडीबाट प्रभावितको राहत र उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।

Vigo
GBIME
Tata

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शनिबार बिहान ९ बजेसम्म कोषको खातामा जम्मा भएको रकम १३ अर्ब ५४ करोड ९ लाख ३ हजार ११७ रुपैयाँ पुगेको छ। कार्यालयका अनुसार भदौ २६ को साँझ ५ बजेपछि मात्रै २८ करोड २० लाख १४ हजार ३६६ रुपैयाँ थपिएको छ।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा बैंकमा छ। सरकारले यसअघि उक्त कोषबाट बाढीपीडितका नाममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ।

त्यस्तै कोषका दुई वटा बैंकका डलर खातामा पनि रकम बढ्ने क्रम जारी छ। भदौ २६ गते साँझ ५ बजेपछि उक्त खातामा एक लाख ५४ हजार ७७० डलर थपिएर कुल २ करोड ३४ लाख ३८ हजार ८४७ अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।