BIZMANDU
www.bizmandu.com

सल्यानको त्रिवेणीमा बोलेरो दुर्घटना, दुईको मृत्यु, चार जना घाइतेलाई उपचारार्थ घोराही पठाइयो

२०८३ भदौ २७

सल्यानको त्रिवेणीमा बोलेरो दुर्घटना, दुईको मृत्यु, चार जना घाइतेलाई उपचारार्थ घोराही पठाइयो
सल्यानको त्रिवेणीमा बोलेरो दुर्घटना, दुईको मृत्यु, चार जना घाइतेलाई उपचारार्थ घोराही पठाइयो


काठमाडौं। सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–५ सिंखमा शनिबार बिहान भएको बोलेरो गाडी दुर्घटनाका घाइतेमध्ये दुई जनाको मृत्यु भएको छ। चार जनालाई उपचारार्थ घोराही पठाइएको छ।

Vigo
GBIME
Tata

प्रहरीका अनुसार बिहान करिब ८ बजे भित्री सडकखण्डमा लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा चालक स्थानीय २४ वर्षीय भूपाल पुनसहित ६ जना घाइते भएका थिए।

घाइतेमध्ये दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको थियो। अस्पताल पुर्‍याएको करिब अढाइ घण्टापछि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन्। मृत्यु हुनेमा त्रिवेणी–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी–५ सल्लेकी १८ वर्षीया विपना बुढाथोकी छन्।

घाइतेहरु चालक पुन, २९ वर्षीय पारस बोहरा, ५० वर्षीय डिल्लीबहादुर वली र ४२ वर्षीया लालमती बुढाथोकीलाई त्रिवेणी हेल्थ केयर लुहाममा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।