BIZMANDU
www.bizmandu.com

अमेरिकी डलर अझ बलियो, युरो र पाउण्ड स्टर्लिङ घट्यो, यस्तो छ आजको विनिमय दर

२०८३ भदौ २७

अमेरिकी डलर अझ बलियो, युरो र पाउण्ड स्टर्लिङ घट्यो, यस्तो छ आजको विनिमय दर
अमेरिकी डलर अझ बलियो, युरो र पाउण्ड स्टर्लिङ घट्यो, यस्तो छ आजको विनिमय दर


काठमाडौं। अमेरिकी डलर बढेको छ भने युरोपियन युरो र पाउण्ड स्टर्लिङको विनिमय दर अघिल्लो दिनका तुलनामा घटेको छ।

Vigo
GBIME
Tata

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ ५९ पैसा र बिक्री दर १५३ रुपैयाँ १९ पैसा पुगेको छ। शुक्रबार खरिद दर १५२ रुपैयाँ ४१ पैसा र बिक्री दर १५३ रुपैयाँ १ पैसा थियो। बजार विश्लेषकहरुका अनुसार महँगी नियन्त्रण गर्न फेडरल रिजर्भले ब्याजदर उच्च नै राख्ने संकेत गरेपछि अमेरिकी ट्रेजरी बोन्डको प्रतिफल (यिल्ड) बढेको छ। यसले माग झन् बढाउदा डलर बलियो बनेको हो।

युरोपियन युरोको खरिद दर १७६ रुपैयाँ ७६ पैसा र बिक्री दर १७७ रुपैयाँ ६५ पैसा भएको छ। शुक्रबार खरिद दर १७७ रुपैयाँ ३२ पैसा र बिक्री दर १७८ रुपैयाँ २ पैसा थियो। पाउण्ड स्टर्लिङको खरिद दर २०६ रुपैयाँ १८ पैसा र बिक्री दर २०६ रुपैयाँ ९९ भएको छ। शुक्रबार खरिद दर २०६ रुपैयाँ ५३ पैसा र बिक्री दर २०७ रुपैयाँ ३४ पैसा थियो।

स्वीस फ्रयांकको खरिद दर १८७ रुपैयाँ ३४ पैसा र बिक्री दर १८८ रुपैयाँ ८ पैसा भएको छ। शुक्रबार खरिद दर १८८ रुपैयाँ ६ पैसा र बिक्री दर १८८ रुपैयाँ ८८ पैसा थियो।

विश्व बजारमा सुनको भाउमा गिरावट छ। २४ घण्टामा सुन १६.९९ डलर घटेर प्रति औंस ४३४८.७८ डलरले कारोबार भइरहेको छ। चाँदी प्रति औंस ६४.४९ डलर भएको छ। चाँदी झीनो दरले बलियो बनेको हो।

यस्तो छ आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर१५२.५९१५३.१९
युरोपियन युरो१७६.९६१७७.६५
पाउण्ड स्टर्लिङ२०६.१८२०६.९९
स्वीस फ्रयांक१८७.३४१८८.०८
अष्टरेलियन डलर१०९.४११०९.८४
क्यानेडियन डलर११०.१९११०.६२
सिंगापुर डलर१२०.३५१२०.८३
जापानी येन१०९.९०९.९४
चिनियाँ युआन२२.७५२२.८४
साउदी रियाल४०.६३४०.७९
कतारी रियाल४१.८६४२.०२
थाइ भाट४.६२४.६४
यूएई दिराम४१.५५४१.७१
मलेसियन रिंगेट३७.४९३७.६३
साउथ कोरियन वोन१००११.३७११.४१
स्वीडिश क्रोनर१५.७५१५.८१
डेनिश क्रोनर२३.६७२३.७७
हङकङ डलर१९.४६१९.५३
कुवेती दिनार४९७.६०४९९.५६
बहरेन दिनार४०४.७२४०६.३१
ओमानी रियाल३९६.३३३९७.८९
स्रोत : नेपाल राष्ट्र बैंक