BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकले सेयरधनीलाई ६ प्रतिशत लाभांश दिने, बोनस सेयर कति?

२०८३ भदौ २७

माछापुच्छ्रे बैंकले सेयरधनीलाई ६ प्रतिशत लाभांश दिने, बोनस सेयर कति?
माछापुच्छ्रे बैंकले सेयरधनीलाई ६ प्रतिशत लाभांश दिने, बोनस सेयर कति?

काठमाडौं। माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

Vigo
GBIME
Tata

सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बैंकले जनाएको छ।

बैंकको चुक्ता पुँजी हाल १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ छ। उसले बोनस सेयर र नगद लाभांश गरी कुल ७२ करोड ५० लाख ९२ हजार ६९४ रुपैयाँ बराबर लाभांश वितरण गर्ने भएको हो।

बैंकका सेयरधनीले नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश पाउनेछन्।