BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री वाग्लेको ‘मानवीय मामिला’ अवैतनिक सल्लाहकारमा विश्वविजय पराजुलीले पाए नियुक्ति

२०८३ भदौ २६

अर्थमन्त्री वाग्लेको ‘मानवीय मामिला’ अवैतनिक सल्लाहकारमा विश्वविजय पराजुलीले पाए नियुक्ति
अर्थमन्त्री वाग्लेको ‘मानवीय मामिला’ अवैतनिक सल्लाहकारमा विश्वविजय पराजुलीले पाए नियुक्ति

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्वविजय पराजुलीलाई ‘मानवीय मामिला’ सल्लाहकार नियुक्त गरेका छन्।

Vigo
GBIME
Tata

स्वर्णिमले मंसिर मसान्तसम्मका लागि पराजुलीलाई अवैतनिक सल्लाहकार नियुक्त गरेको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार भोटेकोशी बाढी पश्चात मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित
छोटो अवधिका लागि पराजुलीलाई नियुक्त गरिएको हो।

पराजुलीसँग संयुक्त राष्ट्रसंघ लामो समय काम गरेको अनुभव छ। विशेष गरी विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पराजुलीको विज्ञताले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन मद्दत पुग्ने स्वर्णिमको विश्वास छ।