BIZMANDU
www.bizmandu.com

प्रतिनिधि सभाको बजेट अधिवेशन असोज १६ गते अन्त्य गरिने, समितिमा जुट्यो सहमति

२०८३ भदौ २६

प्रतिनिधि सभाको बजेट अधिवेशन असोज १६ गते अन्त्य गरिने, समितिमा जुट्यो सहमति
प्रतिनिधि सभाको बजेट अधिवेशन असोज १६ गते अन्त्य गरिने, समितिमा जुट्यो सहमति

काठमाडौं। प्रतिनिधि सभाको बजेट अधिवेशन असोज १६ गते अन्त्य गरिने भएको छ।

Vigo
GBIME
Tata

कार्यव्यवस्था तथा परामर्श समितिको शुक्रबारको बैठकमा संसद्‍को क्यालेण्डरमाथि छलफल गर्दै असोज १६ गतेको बैठकलाई यो अधिवेशनको अन्तिम बैठकका रुपमा राख्ने सहमति जुटेको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले संसद्‍को क्यालेण्डरमा सहमति जुटेको बताए।

‘भदौ ३० र ३१ गते तथा असोज ५, ६, ७, १३, १४, १५ र १६ गते बैठक राख्ने र त्यसपछि अधिवेशन अन्त्य गर्ने कुरा भएको छ,’ उनले भने। बजेट अधिवेशन वैशाख २८ गते सुरु भएको थियो।